
विराटनगर । मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नम्बर ६(२)बाट उम्मेदवार बन्नुभएका पर्शुराम बस्नेत (कृष्ण)ले पराजित भएपनि जनताको घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गर्ने अभियान चलाउनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित हुनुभएका बस्नेतले निर्वाचनमा पराजित भएपनि निरन्तर जनताको माझमा रहेर काम गर्ने बताउनुभएको छ ।
उहाँले सोहि अभियान अन्तर्गत जनताको घर दैलोमा पुगेर जनताले मत मार्फत देखाएको अपार मायालाई शक्तिको रुपमा सञ्चय गर्दै जनताको हरेक समस्या समाधानका लागि कृयाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले आफ्नो क्षेत्रको विकासलागि सदैव जनताको साथमा रहेर जनप्रतिनिधिलाई खबरदारी गर्ने मात्रै नभई क्षेत्रको विकासका निम्ति बजेट ल्याउन पहलकदमी समेत लिने बताउनुभएको छ ।
आज विराटनगर– ५ स्थित दावन्दिमा पुगेर जनतालाई धन्यवाद दिँदै सदैव साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।