माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा गत मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् ।

हिजो पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।

यस्तै, मंसिर ४ को निर्वाचनबाट माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । अब बन्ने सरकारको नेतृत्व लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ इच्छुक देखिनुभएको छ ।

Back to top button