बाजुरामा कांग्रेसका सहमहामन्त्री पाण्डे विजयी

बाजुरा । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरि विजयी हुनुभएको हो ।

पाण्डेले ३१ हजार ७ सय ८६ मत पाउँदा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

Back to top button