सुन मूल्य झन्डैं एक लाख नजिक

काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख नजिक पुगेको छ। साताको पहिलो कारोबार दिन आज ४ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ५०० पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजारले बढेर ९९ हजार १०० रुपैयाँ पुगेको थियो।

यस्तै, यसदिन चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Back to top button