बुटवलमा बसको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

लु १ क १५७९ नम्बरको बसले आज बिहान सवा १० बजे बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको थियो। बससहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ।

Back to top button