प्रहरीको मनोबल बढाउन सरकारले भरपूर सहयोग गर्छ : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरीहरूको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उहाँले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिनुभयो।

भर्खरै सम्पन्न आम चुनाव, नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभयो । मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कार्यम प्रहरीको भूमिका अब्बल रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री खाणले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिनुभयो।

Back to top button