बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका २ जनाको शव फेला

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका २ जनाको शव आज फेला परेको छ।

बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा हिजोदेखि बेपत्ता थिए। राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिनुभयो।

मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्पणा थारु रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top button