माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ।

पार्टी कार्यालय पेरिस डाँडामा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ ।

हिजोबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक बसेर चुनावी समीक्षा र भावी सरकारको बारेमा निर्णय लिने छ । निर्वाचन सम्पन्न भएपछि पहिलोपटक सत्तागठबन्धनको बैठक बस्ने तयारी भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनमा आबद्ध दलको बैठक बोलाउनुभएको छ ।

Back to top button