मेडिकल काउन्सिलको सदस्यबाट डा. तोसिमा कार्कीद्धारा राजीनामा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि उहाँले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाउनुभएको हो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं–३ मा निर्वाचित हुनुभएको थियो ।

तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले डा. कार्कीले हिजो काउन्सिलमा आएर राजिनामा बुझाउनुभएको पुष्टि गर्नुभयो। हिजो उहाँको राजिनामा पत्र आएको छ । हामीले सो पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरेका छौं,’ उहाँले भन्नुभयो ।

Back to top button