माधव नेपालसहित १४ जना सांसदविरुद्ध मुद्दाको पेसी हेर्न नभ्याइनेमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दाको पेसी हेर्न नभ्याइनेमा राखिएको छ ।

सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा अध्यक्ष नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सुनुवाई तोकिएको थियो ।सो मुद्दा न्यायाधीशद्वय हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको छ ।

नेकपा एमालेले कारवाही गरेको माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गर्नुभएको थियो ।

सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिना निरन्तर संसद अवरुद्ध गरेको थियो।

Back to top button