सुनको मूल्य एक लाख नजिक

काठमाडौं । नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९९ हजार ९ सय पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा ४ सयले बढेको हो ।

आइतबार प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज ९९ हजार ९ सय पुगेको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय कायम गरिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ पुगेको महासंघले जनाएको छ।

Back to top button