
काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ।
नेपाल गल्फर एसोसियनले पत्रकार सम्मेलन गर्दै सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि सञ्चालन हुने जनाएको छ। प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुनेछ।
प्रतियोगितामा नेपालका नम्बर एक शुक्रबहादुर राई, भुवन नगरकोटी, संजय लामा, धन थापा, रामे थापा लगायतले प्रतिस्पर्धा गर्नुहुनेछ ।
यस्तै, बिजेताले १ लाख १६ हजार नगद पुरस्कार पाउने छन्। उपविजेताले ७४ हजार तथा तेस्रोले ६३ हजार पाउनेछन्। शीर्ष २१ मा पर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।