नेप्सेमा दोहोरो अंकको गिरावट, डेढ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से २४ दशमलव ४६ अंक (१ दशमलव २५ प्रतिशत) ले गिरावट भएर १९३८ दशमलव ७६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ० दशमलव ७१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि बजारमा कारोबार रकम भने डेढ अर्ब भन्दा माथि रहेको छ । आज बजारमा ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजारको कारोबार भएको छ ।

जसमध्ये रिडी हाइड्रोपावरको ३० करोड ८३ लाख ५७ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको २० करोड २३ लाख ४७ हजार र नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजारको कारोबार भएको छ ।

आज बजारमा कुल १ सय ९९ कम्पनीको सेयर कारोबार भएकोमा १ सय ८१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन कारोबार भएकोमध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३ दशमलव १२ प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाइमूल्य २ दशमलव ५६ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य २ दशमलव २१ प्रतिशतले वृद्धि भएको छ ।

यता अजोड इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७ दशमलव ३७ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५ दशमलव ७७ प्रतिशत र ओरियन्टल होटेलको सेयर मूल्य ५ दशमलव ५३ प्रतिशतले गिरावट भएको छ ।

Back to top button