आज महिला स्वास्थ्य स्वयमसेविका दिवसः भक्तपुरमा ३ सामुदायिक स्वयमसेविका सम्मानित

भक्तपुर । आज १५ औं महिला स्वास्थ्य स्वयमसेविका दिवस । भक्तपुरमा ३ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ। आज भक्तपुर नगरपालिकाका रामलक्ष्मी दुवाल, सजना कवां र शिवलक्ष्मी दुवाल सम्मानित हुनुभएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका विभिन्न वडामा खटिरहेका उत्कृष्ट ३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको हो ।

नगर प्रमुख प्रजापतिले स्वास्थ्य स्वयमसेविकाहरू समाजको सेवा गर्ने सामाजिक कार्यकर्ताका रूपमा परिचालन हुनुपर्ने बताउँदै स्वयमसेविकाहरूले समुदायसँग शिष्ट र सम्मानजनक बोलीमा जनतासँग व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।

प्रजापतिले स्वास्थ्य स्वयमसेविकाको काम र व्यवहारको मूल्यांकन समाज र समुदायबाट हुने हुँदा जनताको इमानदारिपूर्वक सेवा गर्न प्रेरित गर्नुभयो ।

Back to top button