रुसको एयरफिल्डमा विस्फोट हुँदा ३ जनाको मृत्यु, ६ घाइते

पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा हिजो भएको विस्फोटमा ३ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएको रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ ।

एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Back to top button