११ औं नेफ्टा फिल्म अवार्ड अमेरिकामा हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकामा हुने भएको छ ।

नेफ्टा फिल्म अवार्डको आयोजक चलचित्र प्राविधिक संघले विज्ञप्ति जारी गर्दै नेफ्टा अवार्ड आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अमेरिकाको टेक्सासमा हुने जनाएको छ ।

नेपालसहित विदेशी भूमिमा सञ्चालन गरिने यो अवार्ड यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा भएको छ । टेक्सासमा हुने अवार्ड विदेशी भूमिमा भएको मध्ये पाँचौ हुनेछ ।

नेपाली चलचित्रको बजारलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यसहित नेफ्टा अवार्ड अमेरिकामा गर्न लागिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिनुभयो।

नेफ्टा अवार्डलाई अमेरिकामा सञ्चालन गर्न नेफ्टाले यूएस खबर, फेम नेपाल र आर्यन फिल्म्ससँग सहकार्य गर्ने भएको छ ।

यस्तै, नेफ्टा अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा फिल्मकर्मी, आयोजक, संचारकर्मीसहितको सर्वपक्षीय जुम बैठक सञ्चालन गर्ने भएको छ ।

Back to top button