दोलखामा समानुपातिकमा एमाले पहिलो दल

दोलखा । दोलखामा समानुपातिक मततर्फ नेकपा एमाले पहिलो दल बनेको छ। दोलखाको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार दोलखामा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो ।

यस्तै, नेपाली कांग्रेस दोस्रो दल बनेको छ। दलहरुले जिल्लामा प्राप्त गरेको समानुपातिकको मतअनुसार नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको छ। प्रतिनिधिसभा समानुपातिकतर्फको कुल मतमध्ये एमालेले ३०,९८६ मत प्राप्त गरेको छ। जिल्लामा कांग्रेस २७,००७ मत सहित दोस्रो स्थानमा रहेको छ।

माओवादी केन्द्र ११,५८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५,५६६, नेकपा एकीकृत समाजवादीले २,३०१ र राप्रपाले २,०३३ मत प्राप्त गरेको दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो।

यस्तै, प्रदेशसभाको समानुपातिकमा एमालेले ३१,८४६ मत पाएको छ भने कांग्रेसले २२,३००, माओवादी केन्द्रले १४,९०४, एकीकृत समाजवादीले ३,९९३ र राप्रपाको ३,४७३ मत रहेको छ।

Back to top button