कटारीमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । करेन्ट लागेर घाइते भएका उदयपुरको कटारी नगरपालिका–२ का एक युवाको उपचारको क्रममा ज्यान गएको छ।

हिजो साँझ आफ्नै घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तारमा छुँदा घाइते भएका ३० वर्षीय दिलकुमार थापा मगरको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो।

यस्तै, घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले जानकारी दिनुभयो।

Back to top button