संसदीय दलको नेताका लागि देउवाद्धारा शशांकसँग मत माग

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत माग्नुभएको छ । निर्वाचनपछि बधाई साट्न बालुवाटार पुग्नुभएका कोइरालासँग देउवाले मत माग्नुभएको हो ।

‘बधाई साटासाट भयो । संसदीय दलमा सभापतिले भोट माग्नुभयो ।’ कोइरालाका स्वकीय सचिव भरत तिवारीले भन्नुभयो ।

देउवाले मत मागेपछि सल्लाह गरौंला नि भनि जवाफ फर्काउनुभएको थियो । देउवा र कोइरालाको २÷३ पछि पुन संवाद हुने तिवारीले जानकारी दिनुभयो ।

संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्नुभएको छ । संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेपनि उक्त समूहको एकल उम्मेदवार चयन हुन सकेको छैन ।

Back to top button