चिनियाँ राष्ट्रपति सी साउदी भ्रमणमा जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने हुनुभएको छ । तीनदिने भ्रमणको क्रममा उहाँले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नुहुने छ ।

आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी आज भ्रमणका लागि आउने उल्लेख गरेको छ । उहाँले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि भाग लिनुहुनेछ ।

साथै उहाँले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।

यस्तै, कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उहाँको यो पहिलो भ्रमणसमेत हो ।

साउदी अरब र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाका बीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

Back to top button