
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिनुभएको हो ।
जबराले संसद सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिनुभएको हो । यससँगै जबराको निलम्बन हटेको छ । उहाँ अब सर्वोच्च अदालत फर्किने तयारीमा हुनुहुन्छ ।
यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताउनुभयो ।