सेयर बजारमा दोहोरो अंकको गिरावट, डेढ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर कारोबारको चौथो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

यसदिन नेप्से १६ दशमलव ६१ अंकले घटेर १९१७ दशमलव २८ विन्दुमा अडिएको छ। सेयर बजार दोहोरो अंकले घट्दा कारोबार रकम हिजोको तुलनामा बढेको छ।

आज १ अर्ब ६५ करोड ४६ लाख २ हजार ५५० रुपैयाँको सेयर कारोबार भयो। अघिल्लो दिन हिजो ९६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सेन्सेटिभ इण्डेक्स ४ दशमलव ४४ अंकले घटेर ३७३ दशमलव ६४ विन्दुमा पुगेको छ। आज कारोबारमा १३ समूहमध्ये १२ को सूचक राताम्मे देखिएको छ भने १ को बढेको छ।

बैंकिक समूहको सूचक सर्वाधिक १ दशमलव २८ प्रतिशतले ओरालो लाग्दा फाइनान्स समूहको १ दशमलव २७ प्रतिश र मनु एन्ड प्रो समूहको १ दशमलव १० प्रतिशतले घट्यो।

१२ समूहको सूचक घट्दा होटल्स एन्ड टुरिजमको ० दशमलव ०१ प्रतिशतले मूल्य बढेको हो। आज २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर खरिदबिक्री भए।

कारोबार रकमका आधारमा यसदिन सानिमा बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ६७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। शिवम् सिमेन्ट १३ करोड मूल्य बढि कारोबार गरी दोस्रो स्थानमा रह‍यो।

Back to top button