बेल्जियन कप्तान हाजार्डद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गर्नुभएको छ ।

सन् २००८ मा बेल्जियमको राष्ट्रिय टिमबाट डेब्यू गर्नुभएका हाजार्डले सन् २०१८ र २०२२ विश्वकपमा कप्तानी गर्नुभएको थियो। हाजार्डकै कप्तानीमा बेल्जिय पहिलो पटक विश्वकपमा ४ वर्षअघि तेस्रो भएको थियो।

लियोल र चेल्सीका पूर्व खेलाडी हाजार्ड हाल स्पेनिस क्लब रियाल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको छ । हाजार्डकै कप्तानीमा कतारमा जारी विश्वकप खेलेको बेल्जियम समूह चरण पार गर्न असफल भएको थियो।

हाजार्डले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद दिनुभएको छ ।

‘आज एक पाना पल्टिनेछ, अविश्वसनीय समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद्। सन् २००८ देखि मैले खुशी साट्ने मौका पाएँ, मैले अन्तर्राष्ट्रिय फुटबल करिअरलाई बिट् मार्ने निर्णय गरेको छु। उत्तराधिकारी तयार छन्, म सबैलाई सम्झिरहने छु,’ बेल्जियमको गोल्डेन जेनेरेसनका कप्तान हाजार्डले भन्नुभएको छ ।

Back to top button