
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । मंसिर २३ गते भोलि दिउँसो ३ बजे कोटेश्वरमा बैठक बोलाइएको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिनुभयो।
संसदमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको यो पहिलो पटक हो । पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ३ सिट जितेको छ । यद्यपि राष्ट्रिय दल बन्न भने सकेन ।
सो पार्टीलाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धनका नेताहरुले प्रयास पनि गरे । तर पार्टीका नेता रेशम चौधरीले भने सरकारमा नजाने बताइसक्नुभएको छ ।