स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोटप्रति असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन् ।

समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन्।

आज उनीहरुले पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् । धर्नामा सहभागी रास्वपा सुनसरीका अध्यक्ष लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएकाले त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताउनुभयो ।

‘हामीले ‘डिजिटल डेमोक्रेसी’ भनेर जसरी आकाश थर्किने गरी बोलेका थियौं,’ उहाँले भन्नुभयो, ‘त्यही अनुसार हुनुप¥यो भन्दै ध्यानाकर्षण गराएका हौं । बिग्रियो भने त बिग्रियो त, तीन करोड नेपालीको पार्टी हो यो । रोग लाग्नुभन्दा अगाडि नै हामीले हरेक चिजको उपचार गर्नुपर्छ ।’

यस्तै, रास्वपाका कतिपय समानुपातिक उम्मेदवारले ‘प्राइमरी इलेक्सन’मा पाएको मत अनुसार निर्धारण गरिएको क्रम मिचिने हो कि भन्नेमा शंका लागेको बताएका छन् ।

 

Back to top button