नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

स्कटल्यान्डसँगको यो खेलका लागि नेपाली टिममा एकजना खेलाडी परिवर्तन गरिएको छ । कुशल भुर्तेलको स्थानमा बाँया हाते अलराउन्डर हरिशंकर शाह पहिलो रोजाइमा मैदान उत्रिनुभएको छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो अन्तिम खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा अंक बाँडेको नेपालले त्यसपछिका दुवै खेल हारेको थियो । स्कटल्याण्डसँगको आजको खेलमा नेपाल शृंखलामा पहिलो जितको खोजीमा हुनेछ ।

Back to top button