क्रिकेटर रविन्द्र जडेजा पत्नी रिबाबा गुजरात विधानसभामा निर्वाचित

भारतीय क्रिकेटर रविन्द्र जडेजाकी पत्नी रिबाबा जडेजा गुजरातको विधानसभा निर्वाचनमा विजयी हुनुभएको छ । रिबाबा भारतीय जनता पार्टीबाट जामनगर उत्तरी क्षेत्रबाट विजयी हुनुभएको हो ।

सन् १९९० मा राजकोटमा जन्मिनुभएकी रिबाबा पेसाले इन्जिनियर हो। उहाँ खाद्य ब्यापारमा पनि संलग्न हुनुहुन्छ।

निर्वाचनमा आयोगमा बुझाइएको कागजातअनुसार रिबाबासँग ५७ लाख बराबरको गरगहना रहेको छ। उहाँले वार्षिक ६ लाख बढी आम्दानी गर्नुहुन्छ भने उहाँको कूल सम्पत्ति ६२ लाख भारतीय रुपैयाँ रहेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

Back to top button