प्रधानमन्त्री देउवाद्धारा सुदूरपश्चिम महोत्सवको उद्घाटन

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुभएको छ । नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज दिउँसो धनगढी आउनुभएको थियो।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालनमा हुनेछ। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्‍चालनमा रहेको महोत्सवको १६ औं संस्करण हो।

यस्तै, कैलाली उद्योग वाणिज्य सं‌घले २०६३ सालदेखि महोत्सवको आयोजना गर्दै आएको छ।

Back to top button