
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सयले बढेर १ लाख ३ सय पुगेको छ ।
हिजो प्रतितोला ९९ हजार ७ सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार २ थियो ।
यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर १ हजार ३ सय ९० पुगेको महासङ्घले जनाएको छ ।