जसपाले भोली समानुपातिक सांसद छान्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले भोली समानुपातिक सांसदको टुङ्गो लगाउने तयारी गरेको छ । भोली बिहान ८ बजेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाईको जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

भोलीको बैठकबाट समानुपातिक सांसद छानिने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर पठाउन भोलीसम्मको समय दिँदै पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।

Back to top button