
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले समानुपातिक सांसदको नाम टुङ्ग्याउने भएको छ । नाम टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ ।
निर्वाचन आयोगले भोलीभित्र नाम बुझाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर पठाउन सक्रिय भएका छन् ।