समानुपातिक सांसद छान्न बालकोटमा एमाले नेताहरूको छलफल

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरू समानुपातिकतर्फको सांसद चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन्। आज बालकोटमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबीच छलफल भएको छ।

अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, युवा नेता महेश बस्नेतलगायत छलफलमा सहभागी हुनुहुन्छ । उक्त बैठकले समानुपातिकतर्फको नामावलीलाई अन्तिम रुप दिने बताइएको छ।

एमालेले आजै सचिवालय बैठकबाट समानुपातिकतर्फको सूची अनुमोदन गर्ने बताए पनि गृहकार्य नपुगेको भन्दै भोलि ११ बजेलाई बैठक सारेको छ। यसबीचमा एमालेले समानुपातिकतर्फको सूचीलाई अन्तिम रुप दिने बालकोट स्रोतले जानकारी दियो।

यस्तै, एमालेले समानुपातिकतर्फ प्रतिनिधिसभामा ३४ सिट पाएको छ भने प्रदेशसभातर्फ ७० सिट पाएको छ।

Back to top button