समानुपातिक सांसद छनौट गर्न आज राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकलेनिर्वाचनको समीक्षा र समानुपातिक सांसद छनौट गर्ने छ।

राप्रपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ७ र समानुपातिकमा ७ सिट पाएको छ। राप्रपाले केहि स्थानमा एमालेसँग तालमेल गरेको थियो। अघिल्लो निर्वाचनमा एक सिट जितेको राप्रपाले यसपटक थ्रेस होल्ड कटाएसँगै संसदमा १४ सांसद रहने भएका छन्।

Back to top button