
भक्तपुर । स्कुटीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे मनहरा पुल नजिकै भएको दुर्घटनामा परी चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ को सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो।
भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटना बिहीबार दिउँसो २ बजेतिर भएको थियो। दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको श्रेष्ठको आज मृत्यु भएको हो।
दुर्घटनापछि उपचारका लागि श्रेष्ठलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो। त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्पताल रिफर गरिएको थियो। उहाँको नर्भिक अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं–७ घर भई हाल काडमाडौं बौद्ध वस्ने वर्ष २२ को पाल्दने लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।