निर्वाचन अघिका सबै वाचा पूरा गर्छु : प्रकाशमान सिहं

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले निर्वाचन अघि मतदाताहरु सँग गरेका सबै वाचाहरु पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो छ । राजधानीमा आज आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सँधै चाहिने बताउनुएको छ । अहिले पनि मुलुक जटिल राजनीतिक मोडमा रहेको भन्दै नेता सिंहले देशका राजनीतिक स्‍थायित्व आजको आवश्यता रहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व राजनीतिक दलकै लागि चुनौती बन्दै गएको बताउनुभयो ।

नेपाली राजनीतिमा अहिले आएको परिर्वतनलाई आफूले नजिकबाट बुझेको बताउँदै उहाँले जनताले चाहेको परिर्वतनलाई सफल बनाउन खट्ने बताउनुभयो ।

आफ्नो विगतको संसदीय कार्यकालमा आफूले जितेको निर्वाचन क्षेत्र काठमाडौं–१ को विकासमा खेलेको भूमिकाको चर्चा गर्दै यहाँको आवश्यकता अनुसार थप काम गर्दै जाने बताउनुभयो । ४ पटक संसदीय नेताको रुपमा विश्वास गरेको भन्दै उहाँले मतदातालाई धन्यवाद समेत दिनुभएको छ ।

Back to top button