स्थानीय तहको क्षमता विकास गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताउनुभएको छ । यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उहाँले आग्रहसमेत गर्नुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

Back to top button