
काठमाडौं । चोभारस्थित इण्डियन मोर्डन स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
कीर्तिपुर नगरपालिका वडा नम्बर–६ स्थित सशस्त्र प्रहरी गणअगाडि बा एएए २९०८ नम्बरको स्कुल बसले ठक्कर दिँदा स्कुटीमा सवार सशस्त्र प्रहरी जवान सुवासचन्द्र रतलाको मृत्यु भएको हो।
आज बिहान करिब ९ बजेतिर चोभारबाट कीर्तिपुरतिर आउँदै गरेको स्कुल बसले प्रहरी जवान रतलालाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट घाइते रतलाको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताउनुभयो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।