सुनको मूल्य प्रतितोला १ लाख ५ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्‍य १ लाख ५ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुन १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै ,आज तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै चाँदी पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको असर नेपालमा पर्ने गदर्छ।

Back to top button