
जनकपुर । धनुषाको मिथिला नगरपालिका–९ मा आज ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको जोगिनिया घर भएका ४५ वर्षीय राधेश्याम रजक साफी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका साफीको उपचारका क्रममा मोडेल अस्पताल लालगढमा मृत्यु भएको हो।
ढल्केबरबाट बर्दिबास तर्फ आउँदै गरेको ज १० प ७८३९ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ आउँदै गरेको ना ६ ख २४१० नम्बरको ट्रकले आज बिहान साढे १० बजे ठक्कर दिएको हो।
ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ ।