एसियन च्याम्पियनसिपका लागि नेपालबाट ६ खेलाडी छनोट

काठमाडौं । एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा नेपालका ६ खेलाडी सहभागी हुने भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप खेल्ने भएका हुन् ।

पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भएका छन् । पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट हुनुभयो भने महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठ छनोट हुनुभएको छ । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल हुनुभयो ।

यस्तै, एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।

Back to top button