राष्ट्रपतिद्वारा माल्दिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त​​​​​​​

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गर्नुभएको छ

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वासुदेव मिश्रलाई माल्दिभ्स र कैलाशराज पोखरेललाई न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि वासुदेव श्रीलंका र पोखरेल अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो।

Back to top button