पाकिस्तान र अफगानिस्तानको सीमानाकामा गोलीबारी, ६ पाकिस्तानीको मृत्यु

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच गोलाबारी हुँदा ६ जना पाकिस्तानीको मृत्यु भएको छ। सो घटनामा दर्जनौं घाइते भएका छन्।

हमलापछि जारी विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलले बिनाकारण हमला गरेको आरोप लगाएको छ ।

पाकिस्तानी सेनाले हमलामा अफगानिस्तानको सुरक्षा बलले गोलाबारुदको प्रयोग गरेको र त्यसपछि पाकिस्तानी सीमा सुरक्षा बलले जवाफी कारबाही गरेको बताएको छ।

यस्तै, अफगान सरकारका अधिकारी नुर अहमदले दुई पक्षबीचको वार्तापछि अहिले घटनास्थलको अवस्था सामान्य रहेको बताउनुभएको छ ।

Back to top button