धादिङमा वृद्ध दम्पतीको हत्या

धादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–३ आलेगाउँका ७० वर्षीय विष्णु बहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको धादिङ प्रहरीले जनाएको छ।

उहाँहरु २ जना मात्रै घरमा बस्दै आएको र घर एकान्तमा रहेकोले घटना गएरातिको हो वा अहिलेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरी घटनास्थलमा गएर थप अनुसन्धान गरिरहेको छ।

Back to top button