
काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। सेयर कारोबारको दोस्रो दिन आज नेप्से १६ दशमलव ९६ अंकले बढेर १९०२ दशमलव २७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ५ दशमलव ५७ अंकले वृद्धि भएको छ।
आज २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँमा खरिदबिक्री भयो। २२ हजार ९९३ पटक सेयर कारोबार भयो।
सेयर कारोबार हिजोको तुलनामा बढेको छ। हिजो १ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। सुमित लघुवित्त वित्तीय र सीवाईसी लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक बढ्यो भने १ को घट्यो।
अर्दश समूहको सूचक सर्वाधिक ६ दशमलव १४ प्रतिशतले बढ्यो। डेभलपमेन्ट बैंक,फाइनान्स, होटल्स एन्ड टुरिजम ,हाइड्रोपावर, मनु एन्ड प्रो र म्युचुअल फन्डको सेयर मूल्य १ प्रतिशत बढिले बढ्यो।
बैंकिङ समूहको सूचक भने ० दशमलव ५८ प्रतिशतले ओरालो लाग्यो। नविल बैंक २१ करोड मूल्यको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। कुमारी बैंकको १० करोड र शिवम् सिमेन्टको ६ करोड मूल्यको सेयर कारोबार भयो।