आगो ताप्दा जलेर एक वृद्धको मृत्यु

पाल्पा । पाल्पामा आगो ताप्दा जलेर आज एक जना वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।

खरले छाएको कच्ची घरको आफू सुत्ने कोठामा आगो बालेर ताप्ने क्रममा आज बिहान करिब ५ बजे उहाँ एक्कासी जल्नुभएको थियो।

शरीर आगोले जलेका कारण उहाँको घटनास्थलमै मृत्यु भएको थापाले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top button