
विराटचोकः साविक सुन्दरपुर गााउ विकास समितिका पूर्व अध्यक्ष एवम सामाजिक अगुवा स्वा.कृष्ण प्रसाद दाहालको स्मृतिमा प्रकाशित ग्रन्थ ‘समाजसेवाको शालिग्राम’ एक समारोहका विच लोकर्पण गरिएको छ । आइतबार मोरङको सुन्दरहरैँचा नगरपालिका ४ स्थित सिग्देल बन्धु प्रतिष्ठानकोे सभाहलमा सो स्मृतिग्रन्थ लोकार्पण गरिएको हो । दाहालको एक बर्ष अघि सडक दुर्घटनामा मृत्यु भएको थियो, उहाँ यस क्षेत्रको विकास र विभिन्न सामाजिक राजनितिक अभियानको अगुवा थिए ।
३ सय २२ पृष्ठको उक्त पुस्तकमा दाहालको राजनीतिक मूल्य, मान्यता र आदर्श जीवन भोगाई, आफन्तजनहरुका स्मृतिमा रहेका भोगाईहरुलाई समेटिएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको ३ सय २२ पृष्ठको उक्त पुस्स्कको मुख्य सम्पादक अनिल पौडेल रहेका छन् भने पुस्तकमा ९४ जना लेखकले दाहालको राजनीतिक मूल्य, मान्यता र आदर्श जीवन भोगाई, आफन्तजनहरुका स्मृतिमा रहेका भोगाईहरुलाई लिपिवद्ध गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले कृतिको लोकार्पण गरेका थिए । कार्यक्रममा बोल्दै राईले समाज सुधारसँगै राजनीतिक चिन्तन र सेवा भावमा लाग्ने यो क्षेत्रको तारालाई जनमानसमा चिनाउन यो पुस्तकले सहयोग पुग्ने बताए ।
लोकार्पण कार्यक्रममा बोल्दै सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईले यो पुस्तकमार्फत् पछिल्लो पुस्ताले उहाँको भौतिक शरीर नभए पनि उहाँलाई पुस्तौँसम्म पढ्न र हेर्न सकिने र सामाजिक क्षेत्रमा लाग्न उत्प्रेरणा प्रदान गर्ने बताएका थिए ।
कार्यक्रममा समीक्षकद्वय मिश्र वैजयन्ती र लेखनाथ घिमिरे, सुकुना बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुुख अर्जुनराज अधिकारी, समाजसेवी तेजप्रसाद सिटौला, लगायतले पुस्तकका विषयमा रहेर आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षतम मदन भण्डारी प्रतिष्ठानका अध्यक्ष गुरु बरालले गरेका थिए ।