लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङमा बस्नेत

मोरङको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

विराटचौक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङको दोस्रो जिल्ला सम्मेलन आज सुन्दरहरैचामा सम्पन्न भएको छ । कोशीहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा आज सम्पन्न अधिवेशनले नयाँ जिल्ला समिति समेत चयन गरेको छ । वरिष्ठ लोक गायक बद्री पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैँचाका नगर प्रमुख केदार प्रसाद गुरागाई विशिष्ठ अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ लोक गायक पंगेनीले लोक गीत र सस्कृतिको संरक्षणमा सबैको उत्तिकै भुमिका रहने भन्दै यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।


त्यसै गरी सुन्दरहरैँचाका नगरप्रमुख गुरागाईले सबै भाषा, धर्म, सस्कृतिको संरक्षण र सम्बद्धन गर्नु स्थानिय सरकारको दायित्व पनि रहेको बताउनुभयो र उहाँले त्यसमा आफ्नो सधैँ ध्यान रहने बताउनु भयो ।
अधिवेशनले आन्नद बस्नेतको अध्यक्षातामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

Back to top button