विराटनगर– ८ का २४१ जनाको आँखा परिक्षण

विराटनगर । विराटनगर- ८ का २ सय ४१ जनाको आँखा परीक्षण गरिएको छ ।

विराटनगर महानगरपालिका वाड नं. ८ र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्तरुपमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार परिक्षण गरिएका मध्ये ७२ जनामा मोतियाविन्दु देखिएको छ ।

मोतिया विन्दु देखिएका वडावासीहरुको तेज कोहली एण्ड रुइत फाउण्डेसनसँगको आर्थिक सहयोगमा रामलाल गोल्छा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने वडाध्यक्ष पोखरेलले बताउनुभयो । विराटनगर ८ ले जेष्ठ नागरिकको रक्तचाप तथा मधुमेहको पनि नियमित परीक्षण गर्दै आएको छ ।

Back to top button