ओली, प्रचण्ड र खनालको भेट…

काठमाडौं । तत्कालीन नेकपा विभाजनपछि टाढिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज राष्ट्रपति कार्यालयमा जम्काभेट भएको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा ओली र प्रचण्डसँगै एकिकृत समाजवादीका वरिष्ठ सम्मानित नेता झलनाथ खनालबीच भेट भएको हो।

चुनावी नतिजा आएसँगै ओलीले लामो समयपछि प्रचण्डलाई फोन गरेर बधाई दिनुभएको थियो । एमाले अध्यक्ष ओलीको सचिवालयले सामाजिक सञ्जालमा राखेको तस्वीरमा तीन नेताबिच कुराकानी भएको देख्न सकिन्छ ।

Back to top button