राष्ट्रपति भण्डारीद्धारा क्रिसमसको शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले पर्वको अवसरमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबण्द्धताको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।

उहाँले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

Back to top button